बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने
२९ वैशाख, काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराउनुभएको हो । उहाँले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिनुभएको छ ।
ऐन अनुसार बजेट सार्वजनिक हुनु भन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति : 12:22









