२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेशनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई गरायो नारायणीमा क्रुज सफारी

२० वैशाख, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी गराएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभिकर्ताका लागि चितवनको सौराह स्थित होटल सेभेन स्टारमार्फत क्रुज सफारी गराइएको कम्पनीले जनाएको छ ।

संस्कृति, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई मनोरञ्जन दिने गरी कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरुले सहभागिता जनाएका उक्त कार्यक्रममा इन्द्रेणी ग्रुपका संचालक एवं चर्चित कलाकारहरूबाट उत्कृष्ट लोक दोहोरी तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : 13:13