जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाली सेनामा रोजगारीकाे अवसर
१८ वैशाख, काठमाण्डौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा आवेदन खुला गरेको हो।
सेनाले करिब ४ हजार ५ सय जना कर्मचारी भर्ना गर्ने जनाएको छ। रिक्त रहेका पदहरूमा बेकरी, सुचिकार, सरसफाइ, चर्मकर्मी, लोहार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी लगायतका ट्रेड समावेश छन्। योग्य इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा उपस्थित भएर आवेदन दिन सक्नेछन्।


प्रकाशित मिति : 13:41







