१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

सुनकोशीमा माछा मार्दा बेपत्ता भएका राई ५ दिनपछि मृत फेला

१४ वैशाख, उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ः०० बजे नदीमा बेपत्ता भएका थिए ।

स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताउनुभयो । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तरी पहाडी क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : 13:44