तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु
९ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका-१० मनमैजु शिवनगर टोल बस्ने २२ वर्षीया सन्श्री श्रेष्ठ रहेकी छन् ।
मंगलबार राति आफ्नै घरमा रहेको गिजर चेक गर्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि शुभम् अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 13:10









