रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्धारा अस्वीकार
८ वैशाख,काठमाडाैँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। आयुष बडालले पेश गरेको निवेदनमाथि अदालत प्रशासनले दरपीठ आदेश जारी गर्दै दर्ता गर्न नगर्ने निर्णय गरेको हो।
यस आदेशसँगै बडालको निवेदन तत्कालका लागि अस्वीकृत भएको छ। बडालले उक्त दरपीठ आदेशविरुद्ध पुनः सर्वोच्च अदालतमै अर्को निवेदन दायर गर्ने कानुनी विकल्प खुला रहेको छ। त्यस्तो अवस्थामा एक न्यायाधीशको एकल इजलासले सो निवेदनमाथि सुनुवाइ गर्नेछ। यदि इजलासले दरपीठ आदेश बदर गरेमा अदालत प्रशासन बाध्य भएर निवेदन दर्ता गर्नुपर्ने हुन्छ।
बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप सामना गरिरहेका लामिछानेलाई सांसदको हैसियतमा कुनै पनि कामकारबाही गर्न रोक लगाउनुपर्ने मागसहित रिट निवेदन दायर गरेका थिए।
प्रकाशित मिति : April 21, 2026 at 7:34 pm









