दीपक भट्ट, सुलभ अग्रवालको घर र कार्यालयमा छापा, कागजपत्र नियन्त्रणमा
२ वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेकाे हाे । छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिनुभयाे । सम्पत्ति शुद्धीकरणको कसुरमा व्यवासी भट्ट र अग्रवालमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई हिरासतमा राखेको विभागले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 12:38









