२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सभामुख डिपी अर्यालकाे गाडीलाई ट्राफिकले काट्यो चिट

२ वैशाख, काठमाडाैं । सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथली क्षेत्रमा लेन मिच्दै अघि बढेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्दै सिंहदरबार प्रवेश गरेको गाडीलाई ट्राफिक प्रहरी सिंहदरबारमै पुगेर कारबाही गरेको हो । उक्त सवारी लेन क्रस गर्ने क्रममा कारबाहीमा परेको हो । नियम उल्लंघन गर्ने जोकोहीको सवारीसाधनलाई कारबाही गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 12:26