काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन, यी रूटमा चल्नेछन् बस
१ वैशाख , काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा रात्रिकालीन बस सेवा सञ्चालन हुने बताउनुभएकाे हाे ।
साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म र एयरपोर्टदेखि थानकोटसम्म बस चल्नेछन्।यसरी चल्ने बस प्रत्येक २० मिनेटमा उपलब्ध हुने उहाँले बताउनुभएकाे छ । साथै, बसमा सुरक्षाका लागि एक जना नगर प्रहरीको उपस्थिति राखिने महानगरपालिकाले जनाएको छ।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरू हुनेछ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराकबाट निगरानी हुनेछ। यो बस सेवा ललितपुर महानगर, चन्द्रागिरि नगर र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालन भएको हो।
प्रकाशित मिति : 11:47









