राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौंः पूर्वप्रधानमन्त्री कार्की
१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : 11:31









