नुवाकोटमा रूखले च्यापिएर एक जनाको मृत्यु, दुई जना घाइते
२८ चैत, नुवाकोट । नुवाकोटमा रूखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार एक जनाको घटनाको स्थलमै मृत्यु भएको छ भने एक जना घाइतेलाई उपचारका लागि त्रिशुली अस्पताल लगिएको छ । अर्का एक सामान्य घाइते भएका छन ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर ९ को खर्कटोलमा ३५ वर्षका अरुण तामाङको बारीमा कुटमेरोको रुख काट्नेक्रममा रूखले च्यापिएर ३५ वर्षका प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको छ । रूखले लागेर घाइते भएका अरूणको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ भने ३३ वर्षका माघव भुजेलको अवस्था सामान्य रहेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।
प्रकाशित मिति : 11:55









