१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

आफन्तको बिदाइ/स्वागतमा तीन जना मात्रै विमानस्थलमा सहभागी हुन पाइने

२७ चैत, काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र आफन्तजनलाई विमानस्थल आउन अनुरोध गरेको छ।

 प्राधिकरणले एक सूचना जारी गरी अब विदेश जाने वा त्यताबाट आउने आफन्तको बिदाइ/स्वागतमा तीनजना मात्रै सहभागी हुन पाइने व्यवस्था गरेकाे छ ।

‘कतिपय अवस्थामा एकजना यात्रुका लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइका लागि विमानस्थलमा आउने गरेकाले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको छ, अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग गरिदिन हुन सम्बन्धित सबै महानुभावलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपिल गर्दछ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : April 10, 2026 at 3:41 pm