मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला
२६ चैत, काठमाडाैं । विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ‘ का लागि आवेदन खुला गरिएको छ ।
आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करण सम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डी.सी.मा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार थुप्रै राम्रा नेपाली ईभेन्ट गरिसकेका चन्द्र लामाको कम्पनी युए.सए ईन्टरटेन्मेण्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दैछ ।
यसैगरी शैलेन्द्रका अनुसार फिनालेको लोकेशन परिवर्तन गरिएका कारण यस वर्षको कार्यक्रम विगतका कार्यक्रम भन्दा अथ पृथक र भब्य हुने छ । उनका अनुसार यसपालिको संस्करणमा नेपाली सिने क्षेत्र सहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीहरुको समेत उल्लेखनिय उपस्थिती हुनेछ ।
कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९ ) गते हुनेछ । प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको छ ।
त्यस्तै, न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ । ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुँदैछ ।
इच्छुकले प्रतियोगिताको आधिकारिक वेबसाइट https://missnepalnorthamerica.com मार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : 12:27









