१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

हिमालयन लाइफका अध्यक्ष सुलभ अग्रवालको राजीनामा स्वीकृत

२२ चैत, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुलभ अग्रवालले दिएको राजीनामा स्वीकृत भएको छ। अग्रवालले चैत १९ गते अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको हो।

सुलभ अग्रवाल शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा हुनुहुन्छ । हाल अग्रवाल बाबु–छोरा दुवैलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : April 5, 2026 at 1:20 pm