१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

फेवाताल किनारबाट ६५ मिटर भित्र निर्माण गरिएका अवैध संरचना भत्काउन सुरू

२१ चैत, पोखरा । लामो समयदेखिको बहस, छलफल र प्रयासपछि फेवाताल किनार क्षेत्रमा मापदण्ड मिचेर निर्माण गरिएका संरचना भत्काउने कार्य सुरु गरिएको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यसअघि तालको सिमाङ्कन, जग्गाको वर्गीकरण लगायतका आधारभूत काम सम्पन्न गरिसकेको थियो। सोही तयारीका आधारमा संघीय सरकारको सहयोगमा मापदण्डविपरीतका संरचना हटाउने अभियान आजदेखि औपचारिक रूपमा अघि बढाइएको हो।

ताल किनारबाट ६५ मिटर भित्र निर्माण गरिएका अवैध संरचना हटाउने यस अभियानलाई सरकारी प्राथमिकतामा राखिएको छ। हालै प्रधानमन्त्रीमा निर्वाचित बालेन्द्र शाहले सार्वजनिक गरेका १०० प्राथमिकतामध्ये फेवाताल संरक्षण पनि एक रहेको बताइएको छ।

प्रधानमन्त्रीको निर्देशन,  सुरेन्कोद्रराज पाण्डेको समन्वय तथा धनराज आचार्यको सक्रियतामा सञ्चालन गरिएको यो अभियानले पोखराको ऐतिहासिक तथा प्राकृतिक सम्पदा फेवाताल संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : 10:08