१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

प्रहरीले मनायो ‘अप्रिल फूल’

१८ चैत, काठमाडाैं । नेपाल प्रहरीले ‘अप्रिल फूल’ मनाएको छ। सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीले कोही कसैविरूद्ध उजुरी वा निवेदन परेको/नपरेको जानकारी लिन सकिने भनेर स्क्यान कोड समेत एउटा पोष्ट गरेको छ।

उक्त स्क्यान कोडलाई स्क्यान गरेपछि ‘अप्रिल फूल’ भनिएको अर्को पाना खुल्छ। त्यसमा भनिएकाे छ, ‘तपाईंले स्क्यान गर्नुभएको क्युआर कोड सचेतना अभियानका लागि हो। आज हामीले मजाक गरेका थियौं। तर भोलि यस्तै क्युआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ ।’

प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न प्रहरीले भनिएको छ। त्यस्तै यसबारे परिवारलाई पनि सचेत गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : April 1, 2026 at 1:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/