२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

स्वास्थ्यमन्त्री अर्यालको निर्णयः स्वास्थ्य मन्त्रालयमा खैनी–चुरोट प्रतिबन्ध


१३ चैत, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले कानुनको कार्यान्वयन आफैँबाट सुरु गर्नुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयमा खैनी–चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेकी छिन । उनले सोमबार मन्त्रालयका उच्च अधिकारी उपस्थित बैठकमा कर्मचारीलाई सुर्तीजन्य पदार्थ बोकेर नआउन निर्देशन दिएकी छन् ।

सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नहुने कानूनी व्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूम्रपान गरिरहेको देखिन्छ । यही अवस्थाको अन्त्यका लागि स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले कानून बने पनि व्यहारमा खुलेआम यस्ता पदार्थको प्रयोग नघटेपछि मन्त्रालयबाटै कानून कार्यान्वयन गर्न लागेको बताएकी छन् ।

अब निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन् । खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपाईंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिवाना नै तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ०९:३७