रवि लामिछानेको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता विरूद्धको रिट हेर्न नभ्याइनेमा
२५ फागुन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा राखिएको छ।
सोमबार न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटमाथि सुनुवाइ गर्न नभ्याइने भएको हो। युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मीसहित कानुनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएको थियो । सो विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
प्रकाशित मिति : March 9, 2026 at 2:59 pm










