२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

२४ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-४ बालाजु फुलबारी गेट नजिक बाग्मती प्रदेश ०२- ०५७ प ७४५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका-९
गुम्बा बस्ने रामेछाप घर भएकी ६९ वर्षीया फुलमाया खड्काको आइतबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ग्रिनसिटी अस्पताल बसुन्धारा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १५:५४