आईएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच कारोबार विस्तारको सम्झौता
१४ फागुन, काठमाडौं ।नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता भएको छ ।
माघ २७ गते साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबीच सम्झौतामा आईएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अलअज्लानले हस्ताक्षर गर्नुभयाे ।
कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी, आईएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आईएमई र टिक्मोका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
यो सम्झौता कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्य रहेको दुवै पक्षको भनाइ छ । सम्झौता भएसँगै आईएमईले टिक्मोमार्फत आईएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ।
‘चैत १७ सम्म सञ्चालन रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीले टिक्मो एप प्रयोग गरेर आईएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहार जित्ने अवसर रहेको छ कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : February 26, 2026 at 11:46 am









