२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल नियुक्त


१२ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा अामसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुन भने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा पिएचडी गर्ने पहिलो व्यक्ति हुन् । अर्याल यसअघि नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि रहेका थिए । मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर पराजित भएका थिए । दुबै सल्लाहकारलार्इ राज्यमन्त्री सरहकाे सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १४:२२