२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

युरोपियन युनियनको प्रतिवेदन विवादः पाँच दिनपछि कांग्रेसले पनि जनायो आपत्ति


१२ चैत, काठमाडाैँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । युरोपियन युनियनले प्रतिवेदन सार्वजनिक गरेको पाँच दिनपछि कांग्रेसले पनि प्रतिक्रिया दिएको हो ।

सोमबार केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको संविधान सिंगै युरोपको भन्दा पनि उत्कृष्ट रहेको दाबी गरे । उनले मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको बताएका छन ।

उनले युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक रहेको बताए । उनले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको बताएका छन ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा रमेश लेखकसहितका नेताहरुले यूरोपियन युनियनको प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १३:२२

https://srdb.com.np/