३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

प्रतिनिधिसभाको बैठक आज, तीन अध्यादेश पेश गर्ने तयारी


१२ चैत, काठमाडौं । कानुन निर्माणमा तीव्रता दिन आजदेखि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जनाएका छन ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश पेश गर्न लागिएको छ ।

अध्यादेश आजको संसद बैठकमा पेश भएर आजैबाट छलफल हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १०:२३

https://srdb.com.np/