नेप्सेमा ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत
२६ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साहस उर्जा लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २१ प्रतिशत अर्थात ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले सेयरधनीहरुका लागि गत आवका लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १७:३७








