कांग्रेसका असन्तुष्ट नेताहरूसँग छलफल गर्ने जिम्मा सभापति थापालाई
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र असन्तुष्ट नेताहरूसँग संवाद गर्ने जिम्मेवारी पार्टी सभापति गगन कुमार थापालाई दिएको छ । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले असन्तुष्ट रहेका सबै पक्षसँग छलफल गर्ने जिम्मेवारी सभापति थापालाई दिइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।
‘हामी अब १५ औं महाधिवेशनमा जाँदैछौं, केही साथीहरू असन्तुष्ट देखिनुभएको छ। यससँग सम्बन्धित पुराना पदाधिकारीहरूलाई १५ औं महाधिवेशनमा ल्याउन छलफल तथा संवाद गर्नुपर्ने हुन्छ। संवाद र सहकार्यबाट अघि बढ्नुपर्छ र यो काम संस्थापनको हो,’ उहाँले भन्नुभयो, ‘पुराना पदाधिकारीहरूसँग संवाद गर्न तथा समन्वय गर्ने जिम्मेवारी सभापति थापालाई नै दिने निर्णय गरेका छौं।’
प्रकाशित मिति : 18:23









