३ लाख माथि पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ वैशाख, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ५ हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलामा १५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : 11:10









