हिमालयन रि–इन्स्योरेन्स र हिमालयन लाइफका सञ्चालकले लिए सपथ
२ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले अध्यक्ष बजाजलाई शपथ गराउनुभएकाे हाे ।
यसअघि, प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे थियाे । त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : 18:06









