२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

सोमबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

२६ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से २६.०५ अकंले घटेर २६७२.३९ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१२ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । सोमबार खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिडि पावर कम्पनीको ९.११ प्रतिशत, लिबर्टी इनर्जी कम्पनीको ७.८४ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको ५.९० प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १६:००