२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कांग्रेसको चुनावी पराजयको कारण खोज्नेक्रम आज पनि जारी रहने


१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले चुनावी नतिजाबारे आफ्नो धारणा राख्नेछन ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको पराजयको कारण खोज्दै भावी रणनीति बनाउन गएको शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच चर्काचर्की भएको छ ।

बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारी पछिको पहिलो वरियता क्रममा राख्ने प्रस्ताव गरेपछि संस्थापन पक्षको असहमति जनाएको छ । आज यहि विषयबाट बैठकलाई अगाडि बढाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १०:०३

https://srdb.com.np/