२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर बारुद सिंह पक्राउ


१२ चैत, सार्लाही । भूमिगत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमान्डर समेत रहेका रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बारुद सिंहलाई आइतबार राति यादवलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो । ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो ।

गएको जेठ १५ गते सर्लाहीको बरहथवा ४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख रुपैयाँ फिरौती लिएको आरोप यादवमाथि रहेको छ ।

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०९:५३

https://srdb.com.np/