२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भारतीय लगानीको घरमा राष्ट्रवादी मन्त्रीहरुको क्वार्टर


१२ चैत, काठमाडाैँ। भारतले २०२६ सालमा बनाइदिएको भवनलाई नै राष्ट्रवादी मन्त्रीहरुले क्वार्टर बनाएका छन । प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको पुल्चोकमा रहेको एकै मोडलका १५ घर भारतले बनाइदिएको खुलासा भएको  छ ।

भवन निर्माण सम्भार डिभिजन कार्यालयका डिभिजन प्रमुख अम्बादत्त जोशीका अनुसार १५ भारतले र  बाँकी ४ वटा भवन २०५२ सालमा सरकार आफैँले बनाएको जानकारी दिए ।

राष्ट्रवादी छवी बनाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुले पनि त्यही भारतीय सहयोगमा बनेको क्वार्टरमा जान हानाथाप गरेका छन । क्वार्टर नपाएका मन्त्रीहरु भने नयाँ घरको खोजीमा लागेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०७:५६

https://srdb.com.np/