४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाल टेलिकममा ८० जनालाई रोजगारीको अवसर

१६ माघ, काठमाडाैं । नेपाल टेलिकममा जागिर खुलेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको हो।

कम्पनीले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्म कर्मचारी माग गरेकाे छ। विभिन्न पदमा कम्पनीले ८० जना कर्मचारी माग गरेकाे हाे ।

इक्छुक र योग्य उम्मेदवारले फागुन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी फागुन १४ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:०९