६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

अव नेपालमा क्रिकेट खेल्न आउने विदेशीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

२२ माघ, काठमाडौँ । अव नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने भएको छ ।राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी श्रम तथा रोजगार मन्त्रालयले  नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।


श्रम तथा रोजगार मन्त्रालयले नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको छ ।

त्यस्तै, मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरुको नाम ठेगानासमेत माग गरेको छ ।

 

प्रकाशित मिति : February 5, 2019 at 5:59 pm