२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टि–२० सिरिज जित्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले यसरी दिए बधाई

२१ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख उल्लेख गरेका छन् । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।”

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार १०:५०