२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी–२० सिरिजको दोस्रो खेलमा नेपालद्वारा युएई ४ विकेटले पराजित

१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालद्वारा यूएई ४ विकेटले पराजित भएकाे छ । टस जितेर ब्याटिङ गरेको यूएईले १०८ रनको लक्ष्य नेपालसामु पेुस गरेकाे थियाे । उक्त लक्ष पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।


दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए । १०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १८:२१