२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईद्वारा नेपालसामु १०८ रनको लक्ष्य प्रस्तुत

१८ माघ, काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएकाे हो ।

यूएईका लागि ओपनर सीपी रिजवनले ४३ बलमा ४४ रन बनाए । साइमन अनवर १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।

नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गरेर २० रन खर्चिँदा ३ विकेट लिए । त्यस्तै, सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराएपछि खेल नेपालको पक्षमा आएको थियो ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १६:५०