२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी-२० सिरिजको दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

१८ माघ, काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेकाे छ । टस जितेर ब्याटिङ गरेको यूएईले सुरुवाती समयमै महत्वपूर्ण दुई विकेट गुमाएको हो । दोस्रो विकेटको रुपमा घुलाम शब्बरलाई ६ रनमा यूएईले गुमाएको हो ।

यसअघि आफ्नो पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमदलाई चार रनमा गुमाएको थियो । यूएईका महत्वपूर्ण दुबै विकेट नेपालका सोमपाल कामीले लिएका छन् । ३ ओभरको समाप्तिमा यूएईले दुई विकेटको क्षतिमा १२ रन बनाएको छ ।

आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । सर्राफकाे यो टी-२० क्रिकेट डेब्यु खेल पनि हो ।

तीन खेलको टी-२० सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १५:२४