बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
१७ मंसिर, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन छावापाल सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य यस दिन ११० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १०:५६












