२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सुनको मूल्य फेरि २ लाख ५० हजार नाघ्यो

१२ मंसिर, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज २ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ११:०६