२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जिरोनालाई समग्रमा ७–३ गोलअन्तरले पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा

१८ माघ, काठमाडाैँ । जिरोनालाई समग्रमा ७–३ गोलअन्तरले पराजित गरी रियल मड्रिड स्पेनिस नकआउट प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । रियल मड्रिडको जितमा करिम बेन्जेमाले २ गोल निर्णायक बन्यो । घरेलु मैदानमा भएको पहिलो लेग ४–२ गोलअन्तरले जितेको रियलले जिरोनाको घरेलु मैदानमा २७ औं मिनेटमा बेन्जेमाको गोलमार्फत अग्रता बनाएको थियो । पहिलो हाफको दुई मिनेटअघि उनले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले दोहोरो अग्रता बनायो ।

पेड्रो पोर्रोले ७१औं मिनेटमा गोल गरेर जिरोनालाई खेलमा फर्काउने प्रयास गरे । तर मार्कोर लोरेन्टेले करिब २५ यार्डबाट गोल गरी रियललाई ३–१ को जित सुनिश्चित गराए । रियल मड्रिडले सन् २०१४ यता कोपा डेल रेको उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ०७:५२