२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान कायम गर्न सफल

१७ माघ, काठमाडाैँ । टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी बन्दै विश्व कीर्तिमान बनाउन सफल भएका छन्। युएईविरुद्धको पहिलो टी-२० मा बिहीबार जोराले नटआउट ५३ रन प्रहार गर्दै रेकर्ड बनाएका हुन् ।

टी-२० मा नेपालका लागि बिहीबार नै डेब्यू गरेका उनले ४६ बल खेलेर ३ चौका र १ छक्का प्रहार गरे। बुधबार अर्धशतक प्रहार गर्दा जोरा १७ वर्ष १ सय ३ दिन उमेरका छन्। जोराले कीर्तिमानी अर्धशतक प्रहार गरे पनि नेपाल २१ रनले पराजित भएको थियो।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १९:५५