सुनको मूल्य करिब ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
७ मंसिर, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ९०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार ११:०५












