२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

निरन्तर तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२३ कात्तिक, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार ११:०८