२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर दोस्रो दिन बढेको हो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार ११:३१