२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१९ कात्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम थियो । आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ११:०१