तोलामा ११ हजार ६०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
९ कात्तिक, काठमाडौं । तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कात्तिक ३ गते सोमबार छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन सुनसँगै चाँदीको मूल्य समेत घटेको छ ।चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ११:१७








