२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

सात तस्बीरमा हेर्नुहोस् एक दिवसीय क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता र दर्शकको खुशी

१४ माघ, काठमाडाैँ । युएईविरुद्ध २-१ को जित दर्ता गर्दै तीन एक दिवसीय क्रिकेटकाे श्रृंखलामा नेपालले इतिहास रचेकाे छ । यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएकाे नेपाल ६ विकेट गुमाउँदै ४४.४ ओभरमा लक्ष्य भेट्टाएकाे हाे । नेपाली टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन । ९६ बलको सामना गरेका पारसले १३ चौका र १ छक्कासहित शतक प्रहार गरेका हुन् ।

आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो ।२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो । तस्बीरहरू अाइसिसिको ट्वीटबाट

भिडियो पनि हेर्नुहोस


प्रकाशित मिति : January 28, 2019 at 7:55 pm