१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

जङगलको डढेलोको कारण मानव बस्ती उच्च जोखिममा

११ चैत, उदयपुर । उदयपुर कटारी नगरपालिकास्थित चुरिया क्षेत्रको जंगलमा व्यापक डढेलो लागेर मानव बस्तीतर्फ बढ्न थालेपछि सो क्षेत्रका मानव बस्ती अहिले उच्च जोखिममा परेको छ ।

अहिले चुरिया जंगल क्षेत्रमा लागेको डढेलो कटारीको बेलस्रोत, खसीबास तथा रिस्कुको मानव बसोबास भएको गाउँतर्फ बढेको कारण डढेलो नियन्त्रण गर्न इलाका वन कटारी र कटारी नगरपालिका आफँै नियन्त्रण गर्न अगाडि बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

प्रमुख श्रेष्ठका अनुसार कटारीको रिस्कुस्थित खसीबास क्षेत्रमा डढेलोको कारण जंगल क्षेत्रको आसपासका रहेको झण्डै तीनसय मानब बस्तीका घर उच्च जोखिममा परेपछि गए राति रातभर नै स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा संलग्न भएको प्रमुख श्रेष्ठलबताए । खसीबास र रिस्कु क्षेत्रमा अहिलेसम्म पनि कटारी नगरपालिकाको नेतृत्वमा डढेलो नियन्त्रण कार्य भइरहेको छ ।

यता कटारीको बेलस्रोत क्षेत्रको जंगलमा समेत भीषण डढेलो लागेर मानव बस्तीतर्फ बढेको कारण यसको नियन्त्रण गर्न स्थानीयवासी जनप्रतिनिधि र सामुुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसमेत परिचालन भएको प्रमुख श्रेष्ठलबताए । अहिलेसम्म यस क्षेत्रमा हजार हेक्टर क्षेत्रफल वन क्षेत्र डढेलोको कारण सखाप भइसकेको छ ।

प्रकाशित मिति : March 25, 2018 at 11:14 am