१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

एक दिवसीय क्रिकेटकाे श्रृंखलामा नेपालले इतिहास रच्यो, युएई २-१ ले पराजित

१४ माघ, काठमाडाैँ । युएईविरुद्ध २-१ को जित दर्ता गर्दै तीन एक दिवसीय क्रिकेटकाे श्रृंखलामा नेपालले इतिहास रचेकाे छ । यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएकाे नेपाल ६ विकेट गुमाउँदै ४४.४ ओभरमा लक्ष्य भेट्टाएकाे हाे ।

नेपाली टिमका कप्तान पारस खड्काले यूएईविरुद्धको अन्तिम एक दिवसीय क्रिकेटमा शतक प्रहार गरेका छन् । ९६ बलको सामना गरेका पारसले १३ चौका र १ छक्कासहित शतक प्रहार गरेका हुन् ।

आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले पहिलो उपाधि हात पार्न सफल भयो ।२०१८ को अगष्टमा नेदरल्याण्ड्ससँग सिरिज बराबरी गरेको नेपालले यूएईलाई उसकै मैदानमा तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज जीतेको हो ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार १९:०९