१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते

२४ असोज, काठमाडौं । धादिङमा बस र टिपर ठोक्किदा ११ जना घाइते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका(७ भल्टारमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्किएका हुन् ।

तस्वीर : पुरुपोत्तम ढुङ्गाना ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १०:१३